चौतर्फी आलोचना र विरोध हुन थालेपछि व्यवसायीहरु तेल ढुवानी गर्न बाध्य

भैरहवा, वैशाख २६ । तेल चोरीमा संलग्नहरुलाई बचाउन खोज्ने पश्चिमाञ्चलका पेट्रोलियम पदार्थ व्यवसायीहरुको चौतर्फी आलोचना र विरोध हुन थालेपछि व्यवसायीहरु आजदेखि तेल ढुवानी गर्न बाध्य भएका छन् ।
रुपन्देहीको भलबारी डिपोका लागि ल्याइएको तेल बीच बाटोबाटै चोर्ने गिरोह रंगे हात पक्राउ परेपछि उनीहरुलाई छुटाउन व्यवसायीहरुले केही दिनदेखि तेल ढुवानी रोकेका थिए । चौतर्फी विरोध हुन थालेपछि पश्चिमाञ्चल ट्यांकर व्यावसायी संघले आजदेखि तेल उठाउने जानकारी दिएको हो ।
ट्यांकरहरु भारत पुगेर तेल ल्याउन तीन दिन लाग्ने भएकाले उक्त अवधिका लागि नेपालगञ्ज डिपोबाट ५० हजार लिटर तेल आजै ल्याइने भलबारी डिपोले जनाएको छ ।
यसैबीच, तेल चोरी प्रकरणमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै रुपन्देहीका संघ