काठमाडौं, वैशाख २६ – नेकपा-माओवादी निकट भ्रातृ संगठन अखिल क्रान्तिकारीले शुल्क बृद्धिको विरोधमा शुक्रबार उपत्यकाका १ सय ५० भन्दा बढी बोर्डिङ स्कुलहरुका लेखा शाखामा तालाबन्दी गरेको छ। शुल्कबृद्धि खारेज गर्नुपर्ने, छात्रबृत्तिलाई पारदर्शी बनाउनुपर्ने, सरकारले गरेको निर्देशिका पालना गर्नुपर्नेलगायतका विभिन्न माग राखेर १ सय ५० भन्दा बढी विद्यालयका लेखा शाखामा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले जानकारी दिए।
चर्को शुल्क बृद्धि गर्ने लिटिल एन्जल्स, भक्तपुरको राजर्षि गुरुकुल, नोबेललगायतका १ सय ५० भन्दा बढी ठूलासाना निजी विद्यालयकाे लेखा शाखामा तालाबन्दी गरिएको उनले बताए। साथै उनले चाँडै चर्को शुल्क लिने विद्यालयहरुको नाम पनि सार्वजनिक गरिने बताए।