भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुनौली नाका बन्द हुने

रासस । २७ बैशाख, २०७१ भैरहवा- भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका ४० घण्टा बन्द हुने भएको छ। 
उत्तर प्रदेशको सीमावर्ती जिल्ला महाराजगन्ज र सिद्धार्थनगरमा हुने वैशाख २९ को लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको हो।
सीमा बन्द अवधिमा पैदलयात्री, यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक न्यौपानेले दिए।