प्रधानमन्त्री सुशील कोइरालाद्धारा छोटो समयमा नै सरकारले ऐतिहासिक काम गर्न सफल दाबी

चितवन, वैशाख २७ । प्रधानमन्त्री सुशील कोइरालाले छोटो समयमा नै सरकारले ऐतिहासिक काम गर्न सफल दाबी गरेका छन् ।
 चितवनको भरतपुर विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले बाहिर हेर्दा सरकारको काम धेरै नदेखिए पनि महत्वका हिसाबले ऐतिहासिक काम भएको दाबी गरे ।
उनले छोटो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संसदीय समितिहरुको गठन महत्वपूर्ण काम भएको उल्लेख गरे ।
प्रधानमन्त्री कोइरालाले अब जनताले विगत ६० वर्षमा पाउन नसकेको विकासको प्रतिफल पाउने पनि बताए ।  IMAGEKHABAR