झापामा पूर्वी नेपालका चिया मजदूरद्धारा चक्काजाम, प्रदर्शन

झापा, वैशाख २८ । झापामा पूर्वी नेपालका चिया मजदूरले आन्दोलनस्वरुप चक्काजाम गरेका छन् । सरकारले निर्धारण गरेको ज्याला उद्योगीले नदिएको भन्दै मजदूरहरु सडकमा उत्रिएका हुन् । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
आन्दोलनकारी चिया मजदूर सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । एम्वुलेन्स, विद्यालयका गाडी र मोटरसाइकल भने चल्न दिइएको छ ।
सरकारले निर्धारण गरेको दैनिक दुई सय एक रुपैयाँ ज्याला उद्योगीले नदिएपछि सुरु भएको मजदूर आन्दोलनले पूर्वी नेपालका ६० भन्दा बढी चिया प्रशोधन कारखाना र सयौं चिया बगान दुई सातादेखि ठप्प छन् । IMAGEKHABAR