ठाडा गाविसलाई यही जेठ मसान्त भित्रमा खुल्ला दिसामुक्त अबस्थामा पु-याउन सरोकारवालाहरु जुरमुराए


ठाडा, अर्घाखाँची (२०७१ वैशाख २८ आइतवार) । गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवालहरु बीचको बैठक बैशाख २७ गते बस्यो ।

 


 

भिवाससिसिका अध्यक्ष एवं गाविस सचिव चिरञ्जिवी गौतमको अध्यक्षतामा ज्योति उच्च माविमा बसेको बैठकमा चर्पी निर्माण सम्बन्धी प्रगति समिक्षा गरि यही जेठ मसान्त भित्रमा चर्पी निर्माण कार्य सम्पन्न गर्न गराउन तपशिल बमोजिमको निर्णयहरु गरिएको छ ।


१. चर्पी भएका घरलाई हरियो र नभएका घरलाई रातो कार्ड वितरण कार्य जेठ १ गते गर्ने ।
२ विद्यालयका प्रअ मार्फत सरसफाइ कार्ड वितरण गर्ने र प्रतिबेदन समितिमा पेश गर्ने ।
३. रेडियोबाट चर्पी निर्माण सम्बन्धी सूचना प्रकाशन गर्ने ।
४. आगामी शुक्रबार हरेक विद्यालयले सरसफाइ सम्बन्धी रयाली घरदैलौ कार्यक्रम गर्ने ।
५. जेठ २ गते भिवाससिसिको विस्तृत बैठक बसी कार्य योजना तयार पार्ने ।
६. सरसफाइ च्याम्पियन तालिममा सहभागी पठाउने ।

 

 

 

२०६९ साउन २९ गते भिवाससिसिको गठन भई सरसफाइ अभियान सञ्चालन गरिएको ठाडा गाविसले चैत्र २०७० भित्र खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लक्ष्य लिएको भएता पनि समयमा लक्ष्य हाशिल नसकेको हुँदा यही जेठ २०७१ भित्र चर्पी निर्माण कार्य सम्पन्न गर्न विविध गतिबिधीहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । सबै राजनीतिक दलका प्रतिनिधीहरुले खुल्ला दिसामुक्त लक्ष्य हासिल गर्न अगुवाई गर्ने प्रतिबद्धता जनाउदै चर्पी नबनाएको भनेर असार १ गते देखि कसैलाई पनि सरकारी निकायहरुबाट उपलब्ध हुने सेवासुविधाहरुमा रोक लगाउन पर्ने अवस्था ठाडामा नआउने विश्वास समेत लिएका छन् ।

 



 


बैठकको सहजीकरण सहयोगी एवं सहजीकरण गर्ने निकायका प्रतिनिधीहरुले गरेका थिए । हाल शान्ती तथा पुर्ननिर्माण मन्त्रालयद्वारा निर्माण भईरहको गाविस भवनमा शौचालय डिजाइनमा नभएको ले भवन मात्र निर्माण भईरहेको बारे समेत चर्चा भएको र गाविसले यससम्बन्धमा उचित पहल चाल्ने सहमती समेत भएको छ । बैठकमा बिद्यालयमा चर्पी निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले रकम दिन सधै ततपर रहेको जानकारी गराउदै अति आवश्यक भएका क्षेत्रहरुमा सार्वजनिक शौचालय निर्माण र सञ्चालनको लागि समेत पहल गरिनु पर्ने छलफल गरिएको थियो ।

 


Binu Dwadi in Arghakhanchi contributed to this report

अन्य समाचारहरु