भरतपुर, वैशाख २८ – प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई सखाप पारेको भन्दै कर्मचारीलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको छैठौं केन्दि्रय महाधिवेशनको आईतवार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउन कर्मचारीलाई निर्देशन दिए ।
जनताले लिएर आउने काम कर्मचारीले नरोकी तत्काल गरिदिनुपर्ने कोइरालाको भनाई थियो । ‘नहुँने काम लिएर आउँने जनतालाई सम्झाइ बुझाई गर्नुहोस्’, प्रधानमन्त्रीले भने, ‘जनतासँग प्रमुख सरोकार राख्ने सरकारको प्रतिनिधि कर्मचारी नै हुन् ।’
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख २८