भारतको महाराष्ट्रमा माओवादीले थापेको बारुदी सुरुङमा परी सात प्रहरी मारिए

वैशाख २८ । भारतको महाराष्ट्रमा माओवादीले थापेको बारुदी सुरुङमा परी सात प्रहरी मारिएका छन् ।

 

महाराष्ट्रको गढचिरौली जिल्लामा गस्तीमा गइरहेको प्रहरीको टोली माओवादीले विछ्याएको बारुदी सुरुङमा पर्दा ती प्रहरी मारिएका हुन् ।

 

छतीसगढको सीमा नजिक महाराष्ट्रको गढचिरौली नक्सलवादीहरुको पकड भएको जिल्ला मानिन्छ । घटनामा केही प्रहरी घाइते भएका छन् । AGENCIES