कतारमा अर्घाखाँची भगवतीबाँसीहरुले शुरु गरे सहकारी सस्था, पहिलोपटकमै एकलाख पचास हजार बराबरको कारोबार

भुवन केसी

 

कतार मे ११ – रोजगारीको सिलसिलामा अर्घाखाँचीको भगवती गाविसबाट कतारका रहेकाहरुले भगवती प्रवासी वचत तथा ऋण सहकारी सस्थाको गठन गरेका छन । 

 

 

 

उक्त गाविसबाट कतारमा कार्यरत युवाहरुको सक्रियतामा मासिक बचत संकलन गर्ने र संकलित रकमलाई सो सस्थाकै सदस्यहरु माझ आपसी समझदारीका आधारमा सस्थाकै सदस्य माझ लगानी गरिने प्रावधान रहेको सो सस्थाले जनाएको छ ।

 

धेरै सदस्यहरुमा यसरी सानो सानो रकम मासिकरुपमा जम्मा गर्दा संकलन हुने रकमलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने र मासिक शुल्क बचतको रुपमा काम गर्ने हुदाँ यो प्रक्रियाले समुहमा सवैलाई फाइदा पुग्ने उदेश्य भएकोले यो सस्थाको स्थापना गरिएको हो भन्दै सो सस्थाको आर्थिक गतिविधिलाई स्वच्छ नियमसम्वद्ध र पारदर्शि तरिकाले सन्चालन गर्नको निमित्त विभिन्न नियमहरु पनि बनाइएको कुरा उक्त सस्थाका नवनिर्वाचित कोषाध्यक्ष भगवती निवासी सुदिप पाण्डेले बताउनुभयो ।

 

१८ जना सदस्यहरुबाट शुरु भएको सस्थाको पहिलो कारोबारमा नै एकलाख पचासहजार बराबरको रकम संकलन भएको र उक्त रकमलाई सदस्यहरु माझ लगानी गरिएको पनि बताउनुभयो ।

 

सस्थालाई सक्रियरुपमा अघि बढाउनको लागी राजेन्द्र पाण्डे अध्यक्ष, भुपाल मरासिनी उपाध्यक्ष, नारायण पाण्डे सचिव, सुदिप पाण्डे कोषाध्यक्ष रहेको कार्य समिति गठन गरेको छ ।

अन्य समाचारहरु