वैशाख ३१ । टर्कीमा खानीमा भएको विस्फोटमा परी कम्तिमा २ सय १ जनाको मृत्यु भएको छ । खानी भित्र अझै कयौं ब्यक्तिहरु फसेका र उनीहरुको उद्धार प्रयास भईरहेको छ । पश्चिम टर्कीको मनिशा राज्यको सोमा शहर नजिकको कोइला खानीमा आगलागीपछि विस्फोट भएको बताईएको छ ।
खानीमा फसेका कामदारहरुलाई बचाउन ब्यापक प्रयाससहित पाईपद्धारा अक्सिजन खानीभित्र पठाईएको छ । खानीमा विस्फोटमा समयमा ७ सय ८७ जना काम गरिरहेको र ती मध्ये ३ सय ६३ जनाको अबस्था मात्र पत्ता लागेको र २०० भन्दा वढी वेपत्ता भएको उद्धारकर्ताहरुले जनाएका छन् ।
निजी स्वामित्वको सो खानीमा काम गर्नेहरुका आफन्तहरु ठूलो संख्यामा खानी क्षेत्रमा भेला भएका छन् । खानीमा विद्युतीय गडबडी भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । AGENCIES