नाइजेरियाली सरकार अपहरित वालिकाहरुलाई मुक्त गराउने सवालमा आतंकबादी समूह बोको हरामसंग वार्ता गर्न सहमत

वैशाख ३१ । नाइजेरियाली सरकार अपहरित वालिकाहरुलाई मुक्त गराउने सवालमा आतंकबादी समूह बोको हरामसंग वार्ता गर्न सहमत भएको छ । नाइजेरियाली सरकारका मन्त्री तनीमु तुराकीले बोको हरामसंग वार्ता गर्न सरकार तयार रहेको वताएका छन् ।


बोको हरामले वालिकाहरु रिहाइका लागि आफना कार्यकर्ता छोड्नुपर्ने शर्त राखेकोमा सरकारले अस्विकार गरेको थियो । तर वालिकाहरुलाई मुक्त गराउन हदै सम्मको प्रयास गर्न सरकारमाथि दवाव परेपछि सरकार वार्ताका लागि तयार भएको हो ।


बोको हरामका नेता अबुबाकार शेकाउले सरकारले बन्दी बनाएका आफ्नो समुहका सदस्यहरुलाई रिहा नगरेसम्म बालिकाहरुलाई नछोड्ने अडान लिएका छन् । गत अप्रिल १४ मा उत्तरी नाइजेरियाको बोर्नो राज्यको विद्यालयवाट २ सय ७६ बालिकाहरुलाई वोको हरामले अपहरण गरि उनीहरुको भिडियो सार्वजनीक गरेको थियो । Agencies