जेष्ठ १ । सुडानको एक अदालतले धर्म परिवर्तन गरेको अभियोगमा एक जना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । ती महिलाले इस्लाम धर्म त्यागेर क्रिस्चियन धर्मावलम्वीसँग विवाह गरेकी थिइन् ।
अदालतका न्यायाधीशले ती महिलालाई इस्लाम धर्ममा फर्कन तीन दिनको समय दिएकोमा नमानेपछि मृत्युदण्डको सजाय सुनाएको फैसलामा उल्लेख गरेका थिए ।
यता, सुडानस्थित पश्चिमा मुलुकका दूतावास र अधिकारवादी समूहहरुले आठ महिने गर्भवती ती महिलाले आफ्नो चाहनाको धर्म छान्न पाउने अधिकारको सम्मान गर्न सुडान सरकारलाई आग्रह गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सन्तान जन्माएको दुई वर्षपछि मात्र ती महिलाको मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ । मुस्लिमहरुको बाहुल्य रहेको सुडान इस्लामिक कानुनबाट निर्देशित मुलुक हो । (एजेन्सी) –