भारतीय लोकसभा चुनावी नतिजा
गठबन्धन/पार्टी |
अग्रता |
विजयी |
अघिल्लो नतिजा |
---|
बिजेपी गठबन्धन |
२४९ |
८४ |
|
बिजेपी एक्लै |
१९४ |
८३ |
२०६ |
कांग्रेस आइ गठबन्धन |
६६ |
५ |
|
कांग्रेस एक्लै |
५२ |
३ |
११६ |
एआइडिएमके(जय ललिता) |
३५ |
० |
|
त्रिमुनल कंग्रेस(ममता बेनर्जी) |
३० |
३ |
|
आरजेडी(लालु यादव) |
५ |
० |
|
एसपी(मुलायम सिंह) |
६ |
० |
|
बीएसपी |
१ |
० |
|
आप(केजरीवाल) |
३ |
२ |
|
अन्य |
१२४ |
१२ |
२०० |
जम्मा |
|
|
|
भारतमा हालैसम्पन्न लोकसभा निर्वाचनको मतगणना भैरहेको छ । आज साँझसम्ममा सबै क्षेत्रको परिणाम आइसक्ने अनुमान गरिएको छ ।
सत्तारुढ कांग्रेस आई भने इतिहासमै अहिलेसम्म प्राप्त नतिजाभन्दा निकै पछि पर्ने देखिँदैछ । धेरै स्थानमा कांग्रेसका हस्तीहरु हार ब्यहोरिरहेका छन् । भाजपा गठबन्धनले तीन सयभन्दा बढी सीट ल्याउने अनुमान गरिँदैछ । भाजपा एक्लैले बहुमतका लागि चाहिने २ सय ७२ सीट ल्याउने अनुमान गरिँदैछ । –
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्यासी बनाइएका लोकसभा निर्वाचन-२०१४ का मुख्य आकर्षण नरेन्द्र मोदीले गुजरातको बडोदरा क्षेत्रबाट चुनाव जितेका छन् ।
मोदीले कांग्रेसका मधुसन मिस्त्रीलाई ४ लाख मतान्तरले हराएका छन् । मोदी उत्तर प्रदेशको बारणसीमा पनि ४० हजार मतले अगाडी छन् । यस्तै, बिजेपी दलबाट उत्तर प्रदेशकै सुल्तानपुरमा बरुण गान्धी र दिल्लीको चाँदनीचोकबाट डा. हर्षबर्धनले बिजय हात पारेका छन् । कांग्रेसका बरिष्ठ मन्त्री कपिल सिवलले चाँदनीचोकमा हार बेहोर्नुपरेको हो ।
राजधानी दिल्लीका सात वटै निर्वाचन र हिमान्चल, गुजरात तथा राजस्थानका सबै क्षेत्रमा भारतीय जनता पार्टीको अग्रता देखिएको छ । यसअघि बिहार, उत्तर प्रदेशमा रहेको क्षेत्रीय पार्टीहरुको अस्तित्व र प्रभाव पनि यो चुनावमा गौण देखिएको छ । बिहारमा राष्ट्रिय जनता दलकी रावडीदेवी यादव (श्रीमती लालुप्रसाद)को पनि हार निश्चित भएको छ भने बिहार मुख्य मन्त्री नितिश कुमारको जनता दल युनाइटेडको नतिजा स्थिती पनि निकै पछि परेको छ ।
यसैबीच, भारतीय जनता दलको ऐतिहासिक बिजय भएकोमा दलका अध्यक्ष राजनाथ सिंह र बरिष्ठ नेता लालकृष्ण आडवाणीले प्रधानमन्त्री प्रत्यासी नेता नरेन्द्र मोदीलाई फोन गरेर बधाइ दिएका छन् ।
दश वर्ष लगातार देशमा शासन गरेको कांग्रेसलाई बढ्दो भ्रष्टाचार, महँगी, बेरोजगार जस्ता मुद्दाले पछि पारेको देखिएको छ । ५ सय ४३ सीट रहेको भारतीय लोकसभामा बहुमत पु-याउन २ सय ७२ सीट जरुरी हुन्छ । भारतमा गत ७ अप्रिलदेखि १२ मेसम्म नौ चरणमा निर्वाचन सम्पन्न भएको थियो ।
आम आदमी पार्टीको इतिहासमै पहिलो खाता
आम आदमी पार्टीले भारतीय लोकसभा निर्वाचनको इतिहासमै पहिलो खाता खोलेको छ।
देशभरिका ५४३ स्थानमा भइरहेका मतगणनामध्ये ४ स्थानमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले अग्रता लिएको छ। पञ्जाबको संग्रुर निर्वाचन क्षेत्रबाट अाम अादमी पार्टीका भगवन्त मनले भारतीय लोकसभामा स्थान सुरक्षित गरिसकेका छन्।
केजरीवाल आफैं भने बनारसमा भारतीय जनता पार्टीका नरेन्द्र मोदीसँग निकै पछाडि परेका छन्।
– Agencies