भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी विजयी, नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार

भारतीय लोकसभा चुनावी नतिजा

गठबन्धन/पार्टी           

अग्रता

विजयी

अघिल्लो नतिजा

बिजेपी गठबन्धन

८७

२५१

 

बिजेपी एक्लै

६१

२२२

२०६

कांग्रेस आइ गठबन्धन

२५

३३

 

कांग्रेस एक्लै

१९

२५

११६

एआइडिएमके(जय ललिता)

३७

 

त्रिमुनल कंग्रेस(ममता बेनर्जी)

३४

 

आरजेडी(लालु यादव)

 

एसपी(मुलायम सिंह)

 

बीएसपी

 

आप(केजरीवाल)

 

अन्य

२७

११६

२००

जम्मा

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी विजयी भएको छ । यससँगै नरेन्द्र मोदी भारतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । बीजेपीका नेता कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् भने कांग्रेसले हार स्वीकार गरेको छ ।
अन्तिम चरणमा पुगेको मतगणनामा बीजेपीले २ सय ४७ सिट जितेको छ भने ३४ सिटमा अग्रता लिएको छ । यो अग्रता कायम रहने हो भने बीजेपीले प्रष्ट बहुमत ल्याउनेछ । भारतमा पछिल्लो ३० वर्षमा कुनै पनि एउटै दलले बहुमत ल्याउन सकेको छैन । बीजेपी नेतृत्वको एनडीए गठवन्धनले कुल २७९ सिट जितेको छ भने ५७ सिटमा अग्रता लिइरहेको छ ।
सत्तारुढ कांग्रेसले नराम्रो होर व्यहोरेको छ । कांग्रेसले ३८ सिट जितेको छ । ८ सिटमा अग्रता छ । कांग्रेस नेतृत्वको यूपीए गठनले कुल ४८ सिट जितेको छ । ११ सिटमा अग्रता छ । गठवन्धनमा संलग्न लालू यादवको आरजेठीले तीन सिट जितेको छ ।
अरविन्द केजरीवाल नेतृत्वको आम अदमी पार्टीले चार सिट मात्र जितेको छ । मोदीविरुद्ध बाराणसीमा उम्मेदवारी दिएका केजरीवाल हारेका छन् ।
जयललिताको एआईडीएमकेले ३६ सिट जितेको छ भने ममत बेनर्जीको त्रिणमुल कांग्रेसले ३४ सिटमा जित हात पारेको छ । मुलायम सिंहको एसपीले चार सिट जितेको छद्ध भने एक सिटमा अग्रता छ ।
७ अपि्रलबाट सुरु भएर १२ मेसम्म नौं चरणमा सम्पन्न निवर्पाचनमा ५१ करोडबढी भारतीय मतदानले आफ्नो मताधिकार प्रयोग गरेका छन् । भारतको चुनाव आयोगका अनुसार यो पटक सबैभन्दा धेरै ६६.४ प्रतिशत मतदान भएको छ । १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भएको ६४ प्रतिशत मतदानको रेकर्ड समेत तोडिएको छ ।
यो चुनावमा कुल मतदाता ८१ करोडभन्दा बढी थिए, जुन युरोपेली संघको कुल जनसंख्याभन्दा बढी हो । यो पटकको निर्वाचनमा सबै उम्मेदवारलाई अस्वीकार गर्ने विकल्प समेत दिइएको थियो ।

भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले राजधानी दिल्ली, भावी प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीको राज्य गुजरात, उत्तराखण्ड, राजस्थानजस्ता राज्यहरुमा सबै सिट जितेको छ। 
 
मोदीको राजनीतिक करियरमा विम्बको रुपमा रहेको गुजरातमा २६ सिटमा सबै भाजपाले जित हासिल गरेको छ। यसअघिको निर्वाचनमा १० सिटमा जित हासिल गरेको सत्तारुढ कांग्रेस आईले सर्मनाक हार बेहोरेको छ।
 
त्यसैगरी दिल्लीको ७ सिटमा २००९ सालको निर्वाचनको बदला लिँदै पुरै सिटमा, उत्तराखण्डको ५ सिट, गोवाको २, चण्डीगढको १ क्षेत्रमा भाजपाले कब्जा जमाएको छ। राजस्थानको २५ सिट मध्ये २३ सिटमा विजय हासिल गरेको भाजपाले बाँकी २ सिटमा पनि अग्रता लिइरहेको छ।

भारतीय आमनिर्वाचनको शुक्रबार भइरहेको मतगणनामा कांग्रेस अध्यक्ष सोनिया गान्धीले रायबरेली क्षेत्रबाट चुनाव जितेकी छन्। उनले भारतीय जनता पार्टीका अजय अग्रवाललाई हराएकी हुन्। उनले अग्रवाललाई ३ लाखभन्दा बढी मतान्तरले हराएकी हुन्।
 
कांग्रेस उपाध्यक्ष राहुल गान्धीले पनि अमेठीमा भाजपाकी स्मृति इरानीलाई टक्कर दिइरहेका छन्। बिहान मतगणना परिणाम सुरु हुँदा स्मृतिले अग्रता लिइरहेकोमा गान्धी उत्तराधिकारीले अमेठीले आश्चर्यजनक ढंगले अग्रता लिइरहेका छन्। सोनिया र राहुलले अहिले पत्रकार सम्मेलनमार्फत निर्वाचनमा हारको जिम्मा लिएका छन्। 
 
रायबरेली राजीव गान्धी परिवारको पुस्तैैनी क्षेत्र हो। सोनियाले यसअघि पनि रायबरेलीबाट चुनाव जितेकी थिइन्।

भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी भएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा गुजरातको वडोदरा र उत्तरप्रदेशको बाराणसीबाट चुनाव लडेका भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले दुबै स्थानमा जित हासिल गरेका हुन् ।
मोदीले वडोदरामा कांगेस आइका उम्मेदवार मधुसूदन मिस्त्रीलाई भारी मत अन्तरले पराजित गरेका छन् । मोदी त्यहाँबाट करिब ४ लाख मतले लोकसभा चुनावमा विजयी भएका छन् ।
यस्तै, मोदीले बाराणसीमा कांग्रेसका अजय राय र भ्रष्टाचार विरुद्धको मुद्दा उठाएर दिल्लीबाट उदाएका आम आदमी पार्टीका अरविन्द केजरीवाललाई पराजित गरेका हुन् ।
निर्वाचनको मतपरिणाम आरहँदा मोदीले मत परिणामबाट भारतको जित भएको भन्दै अब देशका लागि राम्रो दिन आउने प्रतिक्रिया दिएका छन् 

उत्तर प्रदेशमा मायावती बढारिइन्
उत्तरप्रदेशका ८० सिटमध्ये भारतीय राष्ट्रिय कांग्रेसले जम्मा १ सिट मात्रै हात पारेको छ भने थप एक सिटमा अग्रता लिइरहेको छ। यसअघिको निर्वाचनमा २१ स्थानमा विजय हासिल गरेको कांग्रेस पार्टीले यसपटक उत्तर प्रदेशमा शर्मनाक हार बेहोरेको हो।
 
भारतीय जनता पार्टीले भने अघिल्लो निवाचनमा विजय हासिल गरेको १० सिटबाट ६ गुणा बढी सिट अर्थात ६२ सिटमा विजय हासिल गरेको छ र भने थप ९ सिटमा अग्रता लिइरहेको छ।
 
मुलायमसिंह यादवको समाजवादी पार्टीले जम्मा ३ सिटमा जित र