न्याय परिषदका सदस्यहरुलाई संसदीय सुनुवाइ समितिमा बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं । प्राप्त समचार अनुसार सर्वोच्च अदालतले न्याय परिषदका सदस्यहरुलाई संसदीय सुनुवाइ समितिमा बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।


न्यायाधीश गिरिशचन्द्र लाल दासको एकल इजलासल आज न्यायपरिषदका सदस्यहरुलाई समितिमा बोलाउने संसदीय विशेष सुनुवाइ समितिको निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पार्ने देखिएको ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।