तीन दशकपछि सबैभन्दा शानदार चुनावी जीतमा खुसी मनाउने क्रममा भारतका हुनेवाला प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली विजय जुलुसमा

Modi, prime ministerial candidate for India's main opposition BJP, gestures during a public meeting in Vadodra

 

तीन दशकपछि भएको सबैभन्दा शानदार चुनावी जीतमा खुसी मनाउने क्रममा भारतका हुनेवाला प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा एउटा विजय जुलुसमा भाग लिएका छन। 



शुक्रबार सार्वजनिक मत परिणाममा भारत स्वतन्त्र भए यताको ६७ वर्षका अधिकांश समय सत्तामा रहँदै आएको कंग्रेसले नराम्रो पराजय भोगेको छ।



संसदमा स्पष्ट बहुमत पाएको बीजेपीले कसैसँग गठबन्धन नगरीकनै सरकार बनाउन पाउनेछ।



बीजेपीका प्रधानमन्त्री बन्ने बाटोमा रहेका नेता नरेन्द्र मोदीले उनको सरकारले अरब भन्दा बढि मानिसहरुको सपना पुरा गर्न कडा मेहनत गर्ने बताएका छन्।



मोदीले स्पष्ट चुनावी जीतप्रति प्रसन्नता व्यक्त गरेका छन्।

Opposition Bharatiya Janata Party (BJP) leader and India's next prime minister Narendra Modi receives a giant floral garland from supporters after his landslide victory in Vadodara, in the western Indian state of Gujarat, Friday, May 16, 2014. Modi will be India's next prime minister, winning the most decisive victory the country has seen in more than a quarter century and sweeping the long-dominant Congress party from power, partial results showed Friday. (AP Photo/ Dharmesh Jobanputra)

आफ्नो गृहराज्य गुजरातको चुनावी क्षेत्रमा समर्थकहरुलाई धन्यबाद दिँदै मोदीले उनीहरुले देशको इतिहासमा नयाँ पाठ थपेको बताए।



गत ३० वर्ष यता बीजेपीले सबभन्दा ठूलो जीत हात पारेको चुनावी परिणामहरुले देखाएका छन्।

बाहिरिँदै गरेको कंग्रेस पार्टीलाई पराजित पार्दै बीजेपीले संसदमा प्रष्ट बहुमत पाएको छ।



यद्यपी गुजरातमा सन २००२मा भएको सामुदायिक दंगा रोक्न उनले प्रयत्न नगरेको भन्दै धेरै भारतीयहरुमा मोदीप्रति गंभीर चासोहरु छन्।



त्यसबेला कम्तिमा १ हजार मानिस मारिएका थिए र धेरैजसो मुश्लीमहरु थिए।



मोदीले उक्त आरोप सँधै अस्वीकार गर्दै आएका छन् र उनीमाथि कुनै कहिल्यै मुद्दा चलाइएन।



पार्टीको स्पष्ट जीत निश्चित लगत्तै मोदीले ट्वीटमा भनेका थिए – भारतले जितेको छ अब राम्रो दिनहरु आउँदैछन्।

र त्यो ट्वीट भारतको इतिहासमा सबभन्दा बढि रिट्वीट भएको छ।



सोह्रौं लोकसभाका लागि भएको दुइ महिना लामो चुनावी प्रक्रिया शुक्रबार नतिजा घोषणा भएसँगसँगै सम्पन्न भएको छ।



चुनावमा सफलता हात पारेपछी मोदीले सम्पूर्ण भारतको हितमा शासन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



वास्तविक सरकार कुनै एउटा समुदायको मात्र हुँदैन त्यो पुरा देशको हुन्छ, उनले भने, वास्तविक सरकार माथि कश्मिर देखि तल कन्याकुमारी सम्मकै हुन्छ।



मोदीलाई कयौं विश्व नेताहरुले बधाई दिएका छन्।



अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतका हुनेवाला प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको दलले चुनावमा जीत हासील गरे लगत्तै वासिङटन भ्रमणको निम्तो दिएका छन्।



राष्ट्रपति ओबामाले मोदीलाई टोलीफोन गरेर आफू निक्कै नजिकबाट सहकार्य गर्न र भारत र अमेरिका बीचको सम्बन्ध विस्तार गर्न प्रतिक्षारत रहेको बताएका छन्।



व्हाइट हाउसका प्रवक्ता जे कार्नेले भने अमेरीका र भारतविचको सझेदारीले दुवै देशका राजनीतिक दलहरुको तहमा निक्कै व्यापक समर्थन पाएको छ र म विश्वस्त छु की हामीले हाम्रो सफल र उत्पादक साझेदारीलाई नयाँ सरकार बनेपछी पनि निरन्तरता दिनेछौं।



चुनावअघि सम्म मोदीलाई अमेरिकाले सन् २००२ मा गुजरात राज्यमा भएको हिंसालाई लिएर प्रवेशाज्ञा निषेध गरेको थियो।



अमेरिकी विदेशमन्त्रालयले सरकार प्रमुखको रुपमा मोदीलाई अब विशेष प्रवेशाज्ञा उपलब्ध गराइने जनाएको छ।

त्यस अघि बृटेनका प्रधानमन्त्री डेविड क्यामरनले मोदीलाई टेलीफोन गरेका थिए।



गुजरात हिंसाकै कारण आफ्नो मुलुकमा आउन मोदीलाई बन्देज लगाएको बृटेनले पनि मोदीलाई लन्डन भ्रमणको निम्तो दिएको छ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भाजपाको जीतलाई आकर्षक जीत भन्दै प्रशंसा गरेका छन्।



कांग्रेस पार्टीले इतिहासमै सबभन्दा खराब र अपमानजनक हार सामना गर्नुपर्यो।



आफ्नो जन्मको एक वर्ष भित्रै दिल्ली विधानसभा चुनावमा आफ्नो अप्रत्यासित प्रदर्शनबाट सबैलाई आश्चर्यमा पारेको आम आदमी पार्टीका दिग्गज नेताहरु त हारे तर पार्टीको खाता खोल्नमा सफल रहे।



पहिलोपटक लोकसभा चुनाव लडेको आम आदमी पार्टीलाई पंजाव राज्यमा चार सीट प्राप्त भयो।



यो चुनावमा केहि अपवादलाई छोडेर क्षेत्रीय दलहरुले नराम्रो पराजय बेहोरे। उत्तर प्रदेशमा समाजवादी पार्टीको नराम्रो झड्का लाग्यो भने बहुजन समाज पार्टीले खाता समेत खोल्न सकेन।



बीजेपीले दिल्ली राजस्थान गुजरात, हिमाचल प्रदेश र उत्तराखंडमा सबभन्दा राम्रो जित हात पारेको छ। –  BBC, AGENCIES