एमाओवादीमा बाबुराम भट्टराई बाहेक उनी पक्षका अन्य नेताहरु केन्द्रीय समितिमा फर्कने सम्भावना

 एमाओवादीको संस्थापन पक्षसँग सहमति गरी नेता बाबुराम भट्टराई बाहेक उनी पक्षका अन्य नेताहरु केन्द्रीय समितिमा फर्कनेबारे छलफल भएको छ । अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक र सांगठनिक बिषयमा सकरात्मक छलफल भएको उल्लेख गर्दै भट्टराई बाहेकका नेता केन्द्रमा जाने कुरा भएको छ ।

काठमाडौं । असन्तुष्ट नेता डा. बाबुराम भट्टराईले समय मागेपछि एकीकृत माओवादी केन्द्रीय कमिटीको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराई केन्द्रीय समितिमा बस्न राजी भएको र थप छलफलका लागि केही समय मागेको बताएका थिए ।
संगठनमा सबैलाई समेटेर लैजान तत्कालै पाटीे महाधिवेशन गर्ने र महाधिवेशनसम्म विचारको बहस खुल्ला राख्ने विषयमा सहमति भएपछि भट्टराई केन्द्रीय समितिमा फर्कन राजी भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
भट्टराईले आफू निकटका नेताहरुसँग छलफलका लागि समय मागेपछि बैठक स्थगित भएको पनि शर्माले बताए ।
आजको बैठकमा भट्टराईपक्षीय नेताहरु भने अनुपस्थित थिए । IMAGEKHABAR