एमाले अर्घाखाँचीद्धारा मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न

बसन्त श्रेष्ठ 
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले  २१ र्ओैँ मदन स्मृति दिवसको अवसर पारेर मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न गरको छ । 
मदन आश्रित स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा राष्ट्रिय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले लुम्बिनी अञ्चल समन्वय कमिटिका सदस्य रामजी प्रसाद घिमिरे, लक्षमण रायमाझी, केन्द्रिय पार्टी स्कुल बिभागका सदस्य बुद्दि रायमाझी, केन्द्रिय अर्थ योजना तथा अनुसन्धान बिभागका सदस्य रामलाल सुनार, एमाले जिल्ला कमिटिका सचिब राम बहादुर चौहान, जिल्ला सचिवायल सदस्य ईश्वरा पोखरेल, जिल्ला कमिटि सदस्य प्रमिला क्षेत्री लगायतले बोल्दै जनाताको बहुदलिय जनबाद एमालेको मात्रै नभएर सिँगो मुलुकको मार्ग दर्शक सिद्धान्त भएकेले यसको ढिडता पुर्वक अनुसरण गर्नु पर्नेमा जोड दिएका थिए। 
अनेमसँघ केन्दिय सदस्य बिजुला रायमाझीको अध्यक्षता रहेको कार्यक्रमको् सँचालन अनेमसँघ जिल्ला सचिव सिता श्रेष्ठले गर्नुका साथै स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष दिपा आचार्यले राखेकी थिईन ।
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष आजकै दिन मदन-आश्रित स्मृति दिवस मनाइन्छ ।
 
बि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको निधन भएको थियो । 

अन्य समाचारहरु