भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजधानी दिल्लीमा भब्य स्वागत

भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले तीन दशकयता कै महत्वपूर्ण जित हासिल गरेपछि भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई पार्टी मुख्यालयमा आज भब्य स्वागत गरिएको छ । गृहराज्य गुजरातबाट राजधानी दिल्ली पुगेका मोदीलाई विमानस्थलबाट विजयउत्सवसहित समर्थकहरुले पार्टी मुख्यालय पुर्‍याएका थिए ।
समर्थकहरु माँझ मोदीले भारतीय स्वतन्त्रताको ६० वर्षे इतिहासमा भारतीय सञ्चारमाध्यमहरुले मुलुकका लागि खेलेको सकारात्मक भूमिका अहिले जस्तो कहिल्यै नदेखेको बताए । गुजरातका मुख्यमन्त्री रहेका हिन्दू राष्ट्रवादी मोदीले चुनावी अभियानका क्रममा मुलुकको अर्थतन्त्रलाई पूनर्जीवन दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हिजो घोषित चुनावी नतिजा अनुसार भाजपाले बहुमत हासिल गरेको छ । ५ सय ४३ स्थानका लागि एक महिना बढी समय लगाएर गरिएको निर्वाचनको मतगणना अनुसार भाजपाले २ सय ८२ सीटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन