लाओसमा उपप्रधान एवं रक्षामन्त्री दाउङचाए फिचितको सैन्य विमान दुर्घटनामा मृत्यु भएको छ । लाओसको समाचार एजेन्सी र थाइल्याण्डको विदेश मन्त्रालयले मन्त्रीसहित उनकी श्रीमतीको पनि मृत्यु भएको जनाएका छन् ।
दुर्घटनामा राजधानी भियन्तायनका गभर्नरको पनि मृत्यु भएको छ । विमानमा सवार उच्च सरकारी अधिकारीसहित २० जना यात्रुको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
भियन्तायनबाट उडेको विमान उत्तरी झियाङख्वाङ प्रान्तमा दुर्घटगनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । (एजेन्सी)