राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा झविलाल थापा, खाँचीकोटमा उत्खनन् चुनढुंगा बन्द गर्न आन्दोलन गरिने

मसाल बजार चुत्राबेसी , अर्घाखाँची । नेकपा मसालको राष्टिय जनमोर्चा अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशनले पुनः झविलाल थापालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । सम्मेलनको उदघाट्न मोर्चाका महासचिव सन्तबहादुर नेपालीले  गरेका थिए । 

 


 

सम्मेलनको बन्दशत्रले २५ पुर्ण ८ वैकल्पिक र १० सल्लाहकार समिति चयन गरेको छ । जिल्ला समितिको उपाध्यक्षमा पशुपति ढकाल, सचिवमा गोपाल पौडेल, सह-सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा वीरबहादुर केसी रहेका छन । त्यस्तै सदस्यमा कल्पना पोखरेल, दिलदार हुसेन, गोविन्द विसी, तिलक भटराई, सीता भटराई, नारायण भुसाल, बुद्धिबहादुर थापा, पोमनारायण पौडेल, शालिकराम बञ्जाडे, प्रेम नेपाली, रुद्र पराजुली, जोगबहादुर सारु, कृष्ण सुनार, नेत्रप्रसाद गैरे, डिलाराम भटराई, रामबहादुर नेपाली, तुल्सी बेल्वासे, नारायणप्रसाद घिमिरे, लोकनाथ भुसाल र पिताम्बर घिमिरे रहेका छन । वैकल्पिक सदस्यमा पुर्णबहादुर चुदाली, डिलबहादुर खत्री, बाबुराम बञ्जाडे, जेबी जिएम, गोकर्णबहादुर कुमाल, धनबहादुर जिएम, रामबहादुर नेपाली रहेका छन । 

 



 

सल्लाहकारमा खिमानन्द मरासीनि, दोण भण्डारी, यज्ञप्रसाद पंथी, कृष्ण खनाल, कविराम बञ्जाडे, खड्कबहादुर थापा, बाबुराम खनाल, नेत्र बेल्वासे, र गोपाल पाण्डे रहेका छन । 



सम्मेलनले १४ बुदे प्रस्ताव पारित गरेको छ । जसमा नरपानी-खाँचीकोट चुनढुंगा उत्खनन कार्या रोक्नको लागि आन्दोलन गर्ने, एक वर्ष भित्रमा संविधान जारी गर्न जनदवाब सृजना गर्ने, सन्धिखर्कमा सार्वजनिक जग्गा अतिक्रण बढदै गएकाले प्रशासन, विभिन्न राजनीतिक दल लगायतको ध्यानाकर्षण गर्ने लगायतको निर्ण गरेको आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । 



पत्रकार सम्मेलनमा राजमोका केन्द्रिय सदस्य सागर केसी, शेरबहादुर विसी लगायतका नेताहरु उपस्थित थिए । 



Arghakhanchi.Com editor Birendra KC contributed to this report.

अन्य समाचारहरु