रौतहट, जेष्ठ ५ । तीन सातादेखि रौतहटको चन्द्रनिगाहपुरस्थित गैडाटारमा फैलिएको हैजाका कारण आज एक जनाको मृत्यु भएको छ । उपचार अभावमा हैजाको प्रकोपबाट स्थानीय शुकराम स्याङतानका १३ बर्षिया छोरी मैयाको मृत्यु भएको हो ।
दुषित पानीका कारण झाडापखालाका बिरामी बढेको प्रचार गरिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हैजा भएको पुष्टि गरिसक्दा समेत सरकारी निकायले चासो दिएको छैन ।
बिरामीमा अचानक पेट दुख्ने, बान्ता हुने, पातलो दिसा हुने जस्ता लक्षण देखिएका छन् । रोग नियन्त्रणका लागि प्रयास नगरेको भन्दै स्थानीयवासीले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । IMAGEKHABAR