स्वीट्जरल्याण्डमा विश्व मै कामदारहरुको न्यूनतम ज्याला विषयमा भएको जनमत संग्रहमा विपक्षमा मतदान

स्वीट्जरल्याण्डमा विश्व मै कामदारहरुको न्यूनतम ज्याला मध्ये सबैभन्दा बढी लागु गर्ने विषयमा जनमत संग्रहका लागि जनताले विपक्षमा मतदान गरेका छन। 
जनमत संग्रहबाट अनुमोदन भएको  भए कामदारहरुलाई प्रति घण्टा २२ स्वीस फ्र्यांक अर्थात २५ अमेरिकी डलर दिनु पर्ने हुन्थियो ।
समर्थकहरुले कामदारले सन्तोषजनक जीवनयापनका लागि यो तहको ज्याला दिइनु पर्ने जिकिर गरेका छन् । तर विरोधीहरुले भने यो ज्याला दर अनुमोदन भए उत्पादन खर्च बढ्ने र काम पाउन गाह्रो भएपछि वेरोजगारी बढ्ने तर्क गरेका छन् ।
मत सर्वेक्षणहरुमा न्यूनतम ज्यालाको नयां प्रस्ताव अस्वीकृत भएको  थियो। स्वीट्जरल्याण्डमा होटल रेष्टुरेण्टहरुमा काम गर्नेहरुले कम ज्याला पाउने गरेका छन् । यता जर्मनीमा भने सन् २०१७ पछि कामदारको न्यूनमत ज्यादा ८ दशमलब ५ यूरो हुने तय भैसकेको छ । Agencies