सन्धिखर्क, अर्घाखाँची । एकिकृत नेकपा माओवादीका जिल्ला सचिव ठाकुर कुमार विक किसोर स्थानिय शान्ती समिति अर्घाखाँचीको संयोजकमा चयन भएका छन। स्थानिय शान्ती समितिको आज संपन्न बैठकले उनलाई सर्व सहमत रुपमा संयोजक चयन गरेको हो।
स्थानिय शान्ती समितिको सचिवालय सदस्य रहि कामकाज गर्दै आएका विकले युद्धकालमा समेत नेकपा माओवादीको जिल्ला सचिव भएर कामकाज गरिरहेका छन।
विक रेडियो अर्घाखाँचीको सचिव समेत हुन । स्थानिय शान्ती समितिको संचालक संयोजक चन्द्र बहादुर खड्का उज्ज्वल भएका थिए । त्यसपछि क्रमश काग्रेस युवा नेता विस्नु प्रसाद खनाल मुस्कान तत्कालिन एकिकृत क्रान्तीकारीका केन्द्रिय सदस्य यमुना भुसाल र एमाले नेता रामजी प्रसाद घिमिरे संयोजक भई सकेका छन।
Information for this report was contributed by Radio Arghakhanchi.