जेष्ठ ६ । भारतीय राज्य बिहारमा जीतनराम माँझी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । हालैसम्पन्न लोकसभा निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिएका थिए ।
उनको स्थानमा अब नयाँ मुख्यमन्त्रीका रुपमा राम रहनेछन् । तर, जनता दल युनाइटेडका एक वरिष्ठ नेता आगामी वर्ष हुने विधानसभा निर्वाचन भने नीतीश कुमारकै नेतृत्वमा लडिने बताउँछन् ।
यसअघि नीतीशको राजीनामा स्वीकृत नगर्न र उनलाई नै मुख्यमन्त्रीमा राख्न कार्यकर्ता पंक्तिबाट ठूलो दबाब आएको थियो । सन् २००५ देखि मुख्यमन्त्री रहँदा नीतीश सरकारले बिहारलाई हेर्ने परम्परागत नजरलाई तोड्दै विकासमा नयाँ छलाङ मारेको थियो भने शान्ति सुव्यवस्थामा आमूल परिवर्तन ल्याएको थियो । (एजेन्सी)