राप्रपाका एक महामन्त्रीसहित सात जना केन्द्रीय सदस्यले अध्यक्ष सूर्यबहादुर थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका छन्।
महामन्त्री विक्रम पाण्डेसहितका केन्द्रीय सदस्यहरु जयन्त चन्द, गोविन्दविक्रम शाह, जगत गौचन, प्रेमबहादुर भण्डारी, गुरुप्रसाद रजौरिया र दुर्गा श्रेष्ठले थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका हुन्।
गत जेठ २ गते अध्यक्ष थापाले महामन्त्री पाण्डेलाई स्थानीय निकाय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए भने केन्द्रीय सदस्य चन्दलाई बुद्धिजिवी संगठन, शाहलाई सामाजिक विभाग, गौतनलाई युवा तथा खेलकुद, भण्डारीलाई स्थानिय निकाय, रजौरियालाई आर्थिक विभाग र श्रेष्ठलाई कार्यदल सदस्यको जिम्मेवारी दिएका थिए ।
अध्यक्ष थापाले एकलौटी ढंगले आफूहरुलाई नियुक्त गरेकाले जिम्मेवारी अस्वीकार गरेको उनीहरुले बताएका छन् ।
अध्यक्ष थापाले उनीहरु सहितका ४२ जनालाई विभिन्न संगठनको जिम्मेवारी दिएका थिए । पार्टी एकीकरण भएको बेला आलोपालो नेतृत्व गर्ने सहमति अनुसार थापा चलेको उनीहरुले आरोप लगाएका छन् । थापाको एक वर्षे कार्यकाल जेठ ६ गतेबाट सकिएको छ । सहमति अनुसार अध्यक्ष थापाले लोकन्द्रबहादुर चन्दलाई नेतृत्व हस्तान्तरण गर्न तत्परदा नदेखाएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। SETOPATI