प्रेमनारायण आचार्य / गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची जेष्ठ ७ गते । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जानु भयो भने अव तपाईले मेरो यो समस्या छ भनेर भन्दै प्रहरी खोज्नु पर्ने अवस्था अन्त्य भएको छ । तपाईलाई प्रहरीले मन्द मुस्कान सहित हजुरको केही सेवा थियो की भनेर गेटमै प्रहरीले सोध्ने छ । प्रहरीको मुस्कान सहित प्रहरी सेवा सुरु भएपछि यो प्रक्रिया सुरु भएको हो ।
जनता संग सम्बन्ध बढाउन र प्रहरी जनताका शाशक होईनन् सेवक हुन भन्ने चेतना जगाउन यो अभियान सुरु गरिएको प्रहरी नायव उपरिक्षक दिप्रेन्द जिसीले बताउनुभयो । जनताको मन जित्न,प्रहरी हाम्रो यात्राको सहयात्री हो भन्ने बनाउनका लागि केन्द्रिय निती अनुसार जिल्लामा पनि व्यवहारमा लागु गर्न जिल्लाका २ सय ६४ प्रहरीले यो तालिम लिएको प्रहरी निरिक्ष्ँक गोविन्द पन्थीले बताउनुभयो । अर्घाखॉची सबै प्रहरी कार्यालय यो सेवा सुरु भएको जिसीले बताउनुभयो ।
तालिमको उद्घाटन समारोहमा मन्तब्य राख्दै छिटो छरिता र सर्वसुलभका साथ जनतालाई सेवा दिने उदेश्यका साथ यो अभियान सुरु गरिएको प्रमखु जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताउनुभयो ।
प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसीले प्रहरीमा कसैलाइ पनि नल्याइकन पिडीत एक्लै न्याय खोज्दै आउने वातावरण बनाउन यो तालिम महत्वपुर्ण हुने बताउनु भयो ।
जिल्ला न्यायधीबक्ता कमलराज पन्थीले जनतालाइ छिटो छरितो सेबा प्रखान गर्न र ढुक्कताका साथ आफ्ना कुराहरु प्रहरीमा गइ बताउन सक्ने सहजता प्रदान गर्न यो तालिमलाइ फलदायी बनाउनु पर्ने बताउनु भयो ।
प्रहरी नायब उपरिक्षक दलबहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको तालिमको उद्घाटन समारोहमा स्थानीय बिकास अधिकारी हेमराज भुसाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
आज देखि सुरु भएको मुस्कान सहितको प्रहरी सेवा तालिममा दुइ सय ६४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । तालिम आज देखि सुरु भइ एक महिना सम्म सञ्चालन हुने छ ।