शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची जेष्ठ ७ । गैरकानुनी रुपमा काम गर्नेहरुलाई प्रशासनले संरक्षण गरेका कारण आफूहरु निक्कै मर्कामा परेको भन्दै अर्घाखाँची जिल्लाका उपभोक्ताहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलको आयोजना र उपभोक्ताहित संरक्षण मञ्च अर्घाखाँची एवं अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को समन्वयमा संचालित उपभोक्ता अधिकारको वर्तमान अवस्था र सरोकारवालाको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले अर्घाखाँची जिल्लाका प्रशासक सँग गुनासो पोख्नुको कुनै औचित्य नभएको बताए ।
उपभोक्ताहरुले सरकारी निकाय नै भ्रष्टचार र कमिसनको जालोमा चुर्लुम डुवेको भन्दै, जिल्लामा हुने अनियमितता र ढिला सुस्तीको छानविनको लागि आवाज उठाईदिन मानव अधिकार आयोगको ध्यानार्कषण गराए । उपभोक्ताहरुले जिल्लामा हुने अनियमितताको वारेमा पटक पटक आवाज उठाउँदै आए पनि जिल्ला प्रशासन कार्यालयले बे