जेष्ठ ८ । चीनको शिनजियाङ प्रान्तको प्रान्तिय राजधानी उरुम्चीमा किनमेल गरिरहेका मानिसहरुबीच दुई वटा बस ठोक्याई गरिएको विष्फोटमा परि कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले मानिसहरुमाथि विष्फोटक पदार्थ समेत फ्यांकेका थिए ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार विष्फोटमा घाईते भएका ९० भन्दा बढीको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । घटनाको समयमा धेरै वटा विष्फोटको आवाज सुनेको प्रत्यक्ष्यदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चिनियाँ सरकारले आक्रमणलाई आतंकवादी कार्य भन्दै उइगुर पृथकतावादीहरुले आक्रमण गरेको आरोप लगाएको छ । अल्पसंख्यक मुश्लिम उइगुर समुदायको बाहुल्य रहेको शिनजियाङमा उइगुर र चिनियाँ हान समुदायबीच जायित तनाब बढ्दो छ । AGENCIES