आचरण विपरीत काम गर्ने चार अधिकृतसहित ३५ जना प्रहरीलाई चितवनमा विभागीय कारबाही

आचरण विपरीत काम गर्ने चार अधिकृतसहित ३५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले विभागीय कारबाही गरेको छ ।
विगत नौ महिनाको अवधिमा प्रहरीचौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका निकायमा रहेर काम गर्ने प्रहरी कारबाहीमा परेका हुन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रहरी आचरण र अनुशासनभन्दा बाहिर रहेर काम गरेकाले उनीहरुलाई विभागीय कारबाही गरिएको बताए । रासस