सिरियामा चुनावी र्‍यालीलाई लक्षित गरी गराइएको मोर्टार आक्रमणमा कम्तिमा २० जना मारिए

जेष्ठ ९ । सिरियामा चुनावी र्‍यालीलाई लक्षित गरी गराइएको मोर्टार आक्रमणमा कम्तिमा २० जना मारिएका छन् । सिरियाको डेरा सहरमा आयोजना गरिएको चुनावी र्‍यालीमा गरिएको आक्रमणमा ३० भन्दा बढी घाइते भएका छन् ।
मारिनेमा सिरियाली राष्ट्रपति बसार अल असदका समर्थक रहेको बुझिएको छ । सिरियामा आगामी जुन ३ मा हुने राष्ट्रपति चुनावका लागि राष्ट्रपति असद चुनावी प्रचारमा संलग्न हुने गरेकोमा घटना हुँदा उनी भने नरहेको बीबीसीले जनाएको छ ।
एक दशकपछि सिरियामा आगामी जुनमा पहिलो पटक राष्ट्रपति पदको निर्वाचन हुँदैछ । यद्यपि, विपक्षीहरुले चुनाव बहिष्कारको घोषणा गरेका छन् । AGENCIES