जेष्ठ ९ । प्रधानमन्त्रीबाट अपदस्थ गरिएका थाइ नेता यिङलक सिनावात्रा थाइल्याण्डको सेनासमक्ष उपस्थित भएकी छन् । कू मार्फत् सबै अधिकार आफ्नो हातमा लिएको भोलिपल्टै बोलाएपछि सिनावात्रा सेनासमक्ष हाजिर हुन पुगेकी हुन् ।
सेनासमक्ष उपस्थित उनलाई कहाँ लगिएको छ भन्ने पत्तो लागेको छैन । सेनाले आफू समक्ष हाजिर हुन बोलाएका एक सय नेता मध्ये सिनावात्रा एक हुन् । एक सय ५५ जना नेतालाई आफ्नो जानकारी बिना देश नछाड्न पनि सेनाले उर्दी लगाएको छ ।
हिजो मात्रै सेनाले संविधान निलम्बन गरी सबै अधिकार आफ्नो हातमा लिएको घोषणा गरेको थियो भने भेला हुन प्रतिबन्ध लगाउँदै थुप्रैलाई बन्दी बनाएको थियो । बन्दी बनाइएका सिनावात्राको फिउ थाइ पार्टी र विपक्षी डेमोक्रेटका कार्यकर्तालाई राति ने छाडिएको पनि खबर छ ।
यद्यपि, रातभर भने कफ्र्यू लगाइएको थियो । आज बिहानैबाट जनजीवन सामान्य बन्दै गएको खबर छ । अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना हुँदाहुँदै पनि अमनचयन कायम गर्न भन्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।
त्यसअघि सिनावात्रा सरकारको विरोधमा विपक्षीहरुले महिनौ लामो विरोध प्रदर्शन गरेका थिए । (एजेन्सी)