काठमाडौं – सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पद त्यागको घोषणा गरेका छन् । शुक्रबार अपरान्ह मालीगाउँस्थित निवासमा पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जेठ १८ मा आयोजना गरिने पार्टी स्थापना दिवसमा पछि पद अध्यक्ष छाड्ने घोषणा गरेका हुन् ।
उनले नयाँ अध्यक्षको चयन केन्द्रीय कार्य सम्पादन समितिले गर्ने बताएका छन् ।
एकता महाधिवेशनको समयमा भएको सहमतिअनुसार अध्यक्ष थापाले पद त्याग्नु पर्ने माग वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनी समूहले गर्दै आएको थियो। मंगलबार पत्रकार सम्मेलन गर्दै चन्दले चक्रीय प्रणालीमा सहमति कार्यान्वयन नभए दुर्भाग्यपूर्ण परिणाम आउने चेतावनी दिएका थिए । चन्दले सहमतिअनुसार एक वर्ष नेतृत्व आफूले गर्ने जनाएका थिए । NAGARIKNEWS