त्रिभुवन विश्व विद्यालयले जेठ १८ गते तोकेको स्ववियू निर्वाचन स्थगित

काठमाडौं- त्रिभुवन विश्व विद्यालयले जेठ १८ गते तोकेको स्ववियू निर्वाचन स्थगित भएको छ। 
विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच भएको तीन बुँदे सहमति अनुसार जेठ १८ गते निर्धारण गरिएको निर्वाचन स्थगित भएको हो।
विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम फिर्ता लिने र सहमतिको आधारमा त्रिविले नयाँ मिति घोषणा गर्ने सहमति भएको अनेरास्वियुका प्रचार विभाग प्रमुख अशेष घिमिरेले जानकारी दिए। 
पटक पटक निर्वाचनको मिति घोषणा गरिए पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा स्ववियु निर्वाचन हुन सकेको छैन। NAGARIKNEWS