अमेरिकाले थाइल्याण्डलाई दिँदै आएको ३५ लाख डलर सैन्य सहयोग स्थगित

जेष्ठ १० । सैन्य कू को विरोधमा अमेरिकाले थाइल्याण्डलाई दिँदै आएको सैन्य सहयोग स्थगित गरेको छ । ३५ लाख डलर सैन्य सहयोग स्थगित गरी अमेरिकाले तत्काल नागरिक शासन लागू गर्न आग्रह गरेको हो ।


यस्तै, अमेरिकी नागरिकलाई थाइल्याण्ड भ्रमणमा नजान र अत्यावश्यकबाहेक सबै भ्रमण रोक्न अधिकारीहरुलाई सचेत गराएको छ । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावत्रालाई सैनिकले नियन्त्रणमा लिएलगत्तै अमेरिकाले यस्तो कदम चालेको हो ।


परिवारका सदस्यसहित सैन्य आधार शिविरमा बोलाएर हिरासतमा लिइएको यिङलकलाई कहाँ राखिएको भन्ने अझै अज्ञात छ ।