जेष्ठ १० । सोमालियाको संसदमा अल सवाब आतंकवादी संगठनले आक्रमण गरी कयौं व्यक्तिको हत्या गरेको छ । मुस्लिम आतंकवादी संगठन अल सबाबले राजधानी मोगादिसुमा रहेको संसद भवनमा गोलाबारी गरी कयौ व्यक्तिहरुको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
अल कायदासँग सम्बन्ध रहेको अल सबाबले राजधानी मोगादिसुसहितका अधिंकाश भाग कब्जा गरेकोमा सन् २०११ मा उनीहरुलाई धपाइएको थियो । तर, उनीहरु राजधानीमा ठूला खाले आक्रमण गर्नसक्ने हैसियतमा थिए ।
सोमालियामा सन् १९९१ मा सरकार विघटन भएपछि लगातार अस्थिरताबाट गुज्रंदै आएको छ । अल सबाबलाई पराजित गर्न अफ्रिकी युनियनको नेतृत्वमा २२ हजार राष्ट्रसंघीय शान्ति सेना सोमालियमा कार्यरत छन् । (एजेन्सी)