भागबन्डाकै कारण संविधानसभामा २६ जना सभासद मनोनयन प्रक्रिया सुरु हुन नसकेको गृहमन्त्रीको भनाई

विराटनगर, जेष्ठ १० । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दलहरुबीचको भागबन्डाकै कारण संविधानसभामा २६ जना सभासद मनोनयन प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले दलहरुले आफ्नो भागमा परेका सभासद छनोट गर्न नसकेकाले मनोनयनमा ढिलाइ भएको बताए ।
अर्को एक प्रसँगमा गृहमन्त्री गौतमले केही दिनभित्रै प्रहरीमा अतिरिक्त महानिरीक्षकहरुको बढुवा प्रक्रिया थालिने पनि बताए । IMAGEKHABAR