युक्रेनमा नयाँ राष्ट्रपति चुन्न मतदान

जेष्ठ ११ । युक्रेनमा आज नयाँ राष्ट्रपति चुन्न मतदान भइरहेको । पूर्व राष्ट्रपति भिक्टर यान्कोभिचलाई अपदस्थ गराएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि निर्वाचन गरिएको हो । पूर्व राष्ट्रपति यान्कोभिचको रुससमर्थक नीतिको विरोधमा संघर्ष चर्केपछि गत फेबु्रअरीमा उनलाई अपदस्थ गरिएको थियो ।
१८ जना उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्ये चकलेट किंङका नामले चर्चित पेट्रो पोरोपशेंले जित्ने आंकलन गरिएको छ । चुनाव जित्नेले ५० प्रतिशत मत कटाउनुपर्ने छ । कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत नल्याए फेरि आगामी जुन १५ मा दोश्रो चरणको मतदान हुनेछ ।
चुनावअघि गरिएको सम्बोधनमा प्रधानमन्त्री आर्सेनी यात्सेनयुकले देशको रक्षाका लागि मतदानमा भाग लिन सबै मतदातालाई अपील गर्नुभयो । रुस समर्थकले भने चुनाव बहिष्कार गर्ने जनाउँदै जताततै विरोध गरेका छन् । मतदान केन्द्रसम्म पुगेर मतदातालाई धम्काउने गरेको खबर छ । AGENCIES