संविधानसभा उपनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ मा एमालेका कृष्णगोपाल र एमाओवादीका लीलामणिले उम्मेदवारी दर्ता गराए

काठमाडौं, जेष्ठ ११ – संविधानसभा उपनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र एमाओवादीका लीलामणि पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर श्रेष्ठ र पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचनमा अन्य दलले पनि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ ।
उपनिर्वाचनका लागि काठमाडौं- २, चितवन- ४, बर्दिया- १ र कैलाली- ६ मा आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
उपनिर्वाचन असार ८ गते हुँदैछ । EKANTIPUR