नियमनकारी निकाय सुस्ताउदा ठमेल बन्दै बुटवल शहर

विजय दमासे 
लुम्बिनी । कहिले होटलमा त कैले सार्वजनीक स्थलमा नै । बुटवल शहरमा पटकपटक अवैध यौन धन्दा चलिरहेका खवर मिडियामा आउछन् तर खवर आएपछि सरकारी मातहतको मेसीन अन्तर्गतको स्थानिय प्रशासन, प्रहरी केही समय त चनाखो भए झैं गर्छन् तर उनीहरु घटना नसेलाउर्दै सुस्ताउछ । यो प्रचलन नौलो होईन् ।
 केही महिना अघि बुटवलका होटलमा यौन धन्दामा संलन्न दुधे बालक छाडी यौन कार्यमा लिप्त महिला सहित केहीलाई त होटलबाट प्रहरीले रंगेहात समात्न सफल भयो तर उ घटना नसेलाउँदै निष्कृय बन्न पुग्दा बुटवलमा अवैध यौन धन्दा पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । रुपन्देहीको प्रहरी प्रशासन यस्ता अवैध धन्दा नियन्त्रणमा लाचार बन्दा बुटवलमा अवैध यौन धन्दाले फेरी प्रसय पाएको छ । 
बुटवलको मिलनचोक देखी चौडाहलाईन, ईट्भट्लिाईन देखी तल देवीनगर चोक, नयाँ बसपार्क पछाडी रहेका केही रेष्टुडेण्ट तथा बारहरु लगायतले बुटवलमा खुलेआम रेष्टुडेन्टको नाममा अवैध यौनधन्दा चलाई रहेका छन् । तर नियन्त्रणकारी निकाय रुपन्देही प्रहरी, प्रशासन लाचार बनेको छ । उनिहरुले खुलेआम बार्गिनिग गर्छन् । एक घण्टाको ५सय देखी २५ सय र एक नाईट ५हजार देखी माथी मान्छे हेरीहेरी लिने गर्छन् । तर बेहोसी छ नियन्त्रण गर्ने नियन्त्रणकारी निकाय । 
बरु अशंका छ रातिमा सो क्षेत्रमा खटिएका केही सुरक्षाकर्मी बर्दीको धाकमा बार्गेनिग गर्न नि पछि पर्दैन्न भन्ने तर पुष्टी भने हुन सकेको छैन् । घटनाको रहस्यघाटन यसरी सुरु हुन्छ । 
 हाम्रो खवरकर्मी स्थलगत रिर्पोटका क्रममा देवीनगरका रेष्टुण्डेन्ट बाहिरहरुमा सिभिल डेरेसमा एक दिन घुमन्छन् । त्यहाँ रेष्टुडेन्ट तथा बार नजिक के पुगेको हुन्छन्, हाम्रो टोलीलाई रेष्टुडेन्टकै भाषामा ओएटर नानीहरुले बाहिरै आएर हाम्रा सिभिल ड्ेसमा रहेका खवरकर्मीका पाखुरा समाउदै  दाई यता दाई यता भन्दै रेष्टुरेन्टमा जाम भनेर जवरजस्ती गरिरहेका हुन्छन् । 
उनिहरुले हाम्रो टोली एक रेष्टुरामा जान्छ, भर्खरका नानीहरुले के खाने दाई मःम,चिसो, ग्रे भि के लिउ भन्न थाल्छन् हाम्रो टोलिले चिसो मात्रै मगाउछ । नानी मस्कीदै तथानाम माया प्रितिका कुरा गर्न कोखामा बसेर हाम्रा सिभिल ड्रेसमा रहेका खवर टिमका पाखुरा समाउर्दै भनछिन् तर हाम्रो खवर टिमले त्यस्ता रेष्टुडेन्ट भित्र हुने अवैध गतिविधिको आन्तरीक रुपमा घुमउरो पाराले उनिसँग बुझ्न कोसिस गर्छ । अनि एकैछिन पछि ति नानीले मच्सकिदै भन्छीन दाई अव नाईट जाऔ तपाईलाई ढिला होला, भनेपछि हाम्रो टिम बाहिर तिम्रो साहुँसँग कुरा गर्छै दररेट बुझ्छै भन्दै बाहिर निस्कीन्छ बाहिर काउन्टरमा भर्खरका युवाहरु देखिन्छन् । रेष्टुडेन्ट भरिभराउ हेर्दा देखिन्छ नशाको झोकमा युवाहरु देखी पाका सुकिलामुकीला सम्म रेष्टुरेन्टका नानिहरुसँग मस्कीरहेको देखिन्छन् ।
 साना कोठा भित्र यौन क्रियाकलापमा रेष्टुरेन्टका नानीहरुसँग  कतिपय लिप्त भएको भित्रबाट केही आवाज आईरहेको हुन्छ रेष्टुरेन्टका संचालकलाई हाम्रो टोलीले ग्राहक बनि दररेट के कती हो भनेर सोध्दा उनले भन्छन् -एक घण्टाको एक हजार हो सर तपाईलाई मिलाएर लगाउला नी चार्ज हाम्रो नी रेष्टुरेन्ट हो सर भारा तिनै पर्यो,यिनिहरुलाई पाल्न पर्यो भन्छ्न । उनको कुरा सुनेपछि हाम्रो टोलीले एक रातको कसरी छ भनेर पनि सोध्न पछि नपर्दा संचालक भन्छन् सर तपाई नियमित आउने ग्राहक होइृन् यसो नियमित आउने भए  मिलाउन हुन्यो तैपनी सर तपाईले आफ्नै कोठामा नाईट लगेको ३५सय हो, हाम्ले रुम खोज्दीन पर्छ भने पाँच हजार लग्छ यो मिलाएर भनेको भनेर उन्ले भन्छन् । अनि सबै उनका कुरा सुनेपछि पछि हाम्रो सिभिल ड्रेसमा रहेको खवरकर्मीको टिमले आफ्नो परिचय दिन्छ र धन्यबाद सर सवै कुरा प्रष्ट पारदिनुभएको मा भन्दै बाहिर निस्कन्छ । यसपछि संचालकले सर प्रिलिज हाम्रा आन्तरिक कुरा खवर नबन्दीनुहोला । सर प्रिलिज भन्दै बिन्ती गरिरहर्दै के गर्न पर्छ सरहरुलाई हामी जस्तो सुकै हालतमा नी गर्न तयार छौ भन्छन् । हाम्रो टिम सरासर ठिक छ भन्दै बाहिर निस्कीन्छ । 
यो त एक मात्र  बुटबलको रेष्टुडेन्ट भित्रको काहनी पात्रको रुपमा प्रस्तुत गरेयौं । यसरी बुटबलमा दर्जनौं रेण्टुडेन्ट तथा बारहरुले खुलेआम यौन धन्दा फस्टाई रहेका छन् । अवैध यौनधन्दा यसरी रुपन्देहीमा फस्टीरहँदा रमिते छ प्रहरी, प्रशासन । यही तवरले यौन धन्दा अवैध रुपमा रुपन्देहीमा फस्टने हो भने अवको केही समय पछि काठमाण्डौको ठमेलको रुपमा यो शहर नी स्थापित हुने निश्चय छ । प्रहरी प्रशासन लाचार बन्दा यसको प्रतक्ष फाईदा उठाउछन् अवैध यौन धन्दा संचालन गर्ने यौन संचालकहरु, भने मर्कामा छन् यहाँका स्थानियहरु बाशिन्दाहरु । 
खुलेआम यसरी समाजमा अपजको रुपमा प्रस्तुत यस्ता धन्दाहरु यथाशिघ्र नियन्त्रणमा लिन जरुरी छ । नत्र भोली के हुने हो यो समाजमा भन्न सकिदैन् । सक्रियता देखाई अवैध धन्दा संचालन गर्ने यौन संचालकलाई कारबाही गरोस् सरकार र त्यसका कारबाहि गर्ने मातहतका निकायले हाम्रो शुभकामना ।