रुपन्देहीमा भुमाफिया बिरुद्ध नागरिक समाज

विजय दमासे 
लुम्बिनी जेठ ११ । रुपन्देहीको मोतीपुर गाबिस वडा नं १ स्थित रानीगञ्ज मा रहेको सरकारी जग्गा भु माफियाहरुले ब्यक्तिको नाउमा दर्ता गर्ने प्रयास गरेको भन्दै स्थानिय नागरीक समाजले बिरोध जनाएको छ ।
स्थानिय नागरीक समाजका अगुवा प्रेमसागर तिवारीले आईतबार एक प्रेस बिज्ञप्ति प्रकासित गरी उक्त कार्यको बिरोध जनाएको हो ।
बुटवलसँग सिमा जोडीएको मोतीपुर गाबिस वडा नं १ रानीगञ्ज मा रहेको कित्ता नं ४७ को जग्गा मध्य करीब १० बिघा जग्गा भु माफियाहरुले पटक पटक आफ्नो नाउमा दर्ता गराउने प्रयास गरेको भन्दै स्थानिय बासिन्दाहरुले कुनै पनि हालतमा उक्त जग्गा ब्यक्तिका नाउमा दर्ता गर्न नहुने अडान लिदै आएका छन् ।
बुटवलका राजेशमान श्रेष्ठले झुठा कागज खडा गरी आफ्नो नाउमा दर्ता गर्ने प्रयास गरेको उक्त जग्गाको दर्ता प्रक्रिया स्थानिय जनताको बिरोध पछी मिती २०६८-९-२४ मा खारेज गरे पनि हरीलाल न्यौपाने,भबिश्वर न्यौपाने लगायतका ब्यक्तिहरुले पटक पटक जग्गा दर्ता गराउने षडयन्त्र गरीरहेको बिज्ञप्तिमा जनाईएको छ ।
नेपाल सरकारको नाउमा जग्गाधनि प्रमाणपुर्जा रहेको २०२७ सालको नापिमा तिनाउ नदि जनिएको उक्त नदी उकास क्षेत्रको उक्त जग्गामा सुकुम्बासी भुमिहीनहरुले भोग चलन गर्दै आए पनि भु माफियाहरुले आँखा गाड्न नछाडेको नागरीक अगुवा तिवारीद्धारा जारी बिप्तिमा उल्लेख छ ।
उक्त जग्गामा सरकारी जनशक्ति बिद्यालय,शिबनगर बस्ती,हाट बजार,रानीगञ्ज युवा क्लब,जनकल्याण भुपु सैनिक संगठन,वडावासीको जनसंगठन समितीहरुले भोग चलन गर्दै आएका छन् ।