नाइजेरियाली सेनाले बोको हरामद्वारा अपहरित बालिकाहरुलाई कहाँ राखिएको छ भन्ने आफूहरुले पत्ता लगाएको दाबी

जेष्ठ १३ । नाइजेरियाली सेनाले बोको हरामद्वारा अपहरित बालिकाहरुलाई कहाँ राखिएको छ भन्ने आफूहरुले पत्ता लगाएको दाबी गरेको छ । बल प्रयोग गर्दा बालिकाहरुको ज्यानमा खतरा पुग्न सक्ने भएकाले तत्काल उद्धार नथालिएको सेनाले जनाएको छ ।
ती बालिकालाई सम्भवतः उत्तरपूर्वी बोर्नो प्रान्तको चाड र क्यामरुन सीमानजिकको घना जंगलमा राखिएको हुन सक्ने अनुमान गरिएको छ । गत अप्रिलमा बोको हरामले दुई सयभन्दा बढी बालिकालाई उनीहरु पढिरहेकै स्कुलबाट अपहरण गरेको थियो ।
मध्यस्थकर्ताको पहलमा सरकार र बोको हरामबीच करिब सहमति हुन लागेपनि पछि बिथोलिएको थियो । ५० जना बालिकाको सट्टामा सय जना बोको हरामका कार्यकर्ता छाड्न सहमति बन्न लागेको भएपनि पछि सरकारले नमानेको बताइएको थियो । (एजेन्सी)