अख्तियारद्धारा पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपतिसहित ६ जनालाई पक्राउ

१३ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपतिसहित ६ जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा पूर्व उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, पूर्व रजिष्ट्रार डा. निरोज पाण्डे, पूर्व परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा पूर्व प्रविधि संकायका सह-डिन राजेश कुमार झा रहेका छन् ।
कला, शिक्षा र कानून संकायका पूर्व डिन शम्भु प्रसाद कोइराला भने फरार रहेका अख्तियारले जनाएको छ ।
उनीहरूले शैक्षिक सत्र २०७०र०७१ मा आवेदन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने १ करोड ३२ लाख ७५ हजार र नयाँ सम्बन्धन बापत उठाउनुपर्ने २ करोड ९५ लाख ९५ हजार गरी जम्मा ४ करोड २८ लाख ७० हजार रकम नउठाई विश्वविद्यालयलाई हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ । ONLINEKHABAR