कपिलवस्तु, जेठ १५ । कपिलवस्तु जिल्लाको मोतीपुर सडकखण्डमा फोर्स गाडीको ठक्करबाट अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ।
बा. २ ख ३९५९ नम्बरको माईक्रोबसको ठक्करबाट अर्घाखाँची जिल्लाको ठाडा गाविस ४ का २८ वर्षीय भक्तिराम बेलबासेको ज्यान गएको हो ।
भक्तिरामले बोड्गाउँमा बसेर पढने र पारालाइस स्कुलमा पढाउने गर्दथे । स्कुलबाट छुट्टी भएर कोठामा फर्कने क्रममा सडक पार गर्दा फोर्स गाडीले ठक्कर दिएको थियो।
ठक्कर दिए लगतै मणिग्राम अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको छिमेकी कर्ण के.सीले अर्घाखाँची डट्कमलाई बताए ।
साथै उनको लक्ष्मण घाटमा दाहासस्कार गरिएको छ। उनी ४ दिदीबहिनीका एक्ला भाई थिए । उनका परिवार ठाडामा किसानी काम गर्दछन।