एक महिलाको ढुंगा हानी गरिएको हत्याका अभियुक्तलाई कारबाही गर्ने पाकिस्तानका प्रधानमन्त्री शरीफको प्रतिबद्धता

जेष्ठ १६ ।  पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानमा आफूखुशी विवाह गरेको भन्दै एक महिलाको ढुंगा हानी गरिएको हत्याका अभियुक्तलाई कडा भन्दा कडा कारबाही गरिने बताएका छन् ।
घटना प्रति संयुक्त राष्ट्रसंघ लगाएत बिश्वका कयौं मुलुकहरुले खेद प्रकट गरेपछी प्रधानमन्त्री नवाज शरीफले कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो । घटना अस्वाभाविक र निकै निन्दनीय भन्दै शरीफले घटनाप्रति आफूलाई हीनताबोध भएको जनाएका छन् ।
यसअघी घटनाप्रति खेद प्रकट गर्दै संयुक्त राष्ट्रसंघ मानवअधिकार संस्थाका आयुक्त नेभी पिल्लेले पाकिस्तान सरकारको ध्यान केन्द्रित गराएका थिए । पञ्जावका एक युवकसँग आफूखुशी विवाह गरेका तीस बर्षीया महिला फरजानालाई परिवारकै असन्तुष्ट सदस्यले अदालत परिसरमै ढुंगा हानी हत्या गरेका थिए । हत्यालगत्तै महिलाका बाबुलाई प्रहरीले गिरफतार गरेको छ भने अरु फरार छन् । Agencies