जेष्ठ १७ । भारतमा हुरी, बतासका कारण कम्तिमा ९ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६ जना राजधानी दिल्लीकै छन् ।
आँधीका कारण सडक यातायात, मेट्रो, हवाई उडान र बिजुलीको आपूर्तिमा अवरोध आएको छ । जताततै रुखहरु ढल्दा, पर्खाल भत्कँदा र बिजुलीको करेन्ट लाग्दा मानिसहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । गाजियावाद र नोयडा आँधीबाट बढी प्रभावित भएका छन् ।
हिजो साँझ दिल्ली क्षेत्रमा प्रतिघण्टा ९० किलोमिटरको गतिमा हुरी चलेको थियो । अरु दुई दिन मौसम यस्तै रहनसक्ने त्यहाँको मौसम विभागले जनाएको छ । (एजेन्सी)