बाबु रोका मगर “अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
साधु लाई सुली चोर लाई चौतारो दिने
पद प्रमोसन को लागि घुस लिने र दिने
यस्तै छ मेरो देशको बिडम्बना|
भरिया लाई सधैं भारी, ठगी गर्नेलाई महल दिने
पैसाको लागि आफ्नो अस्तित्व लाई पनि बेचिदिने
यस्तै छ मेरो देशका नेता को चलन |
जसले देश को लागि रगत बगायो उसलाई यातना दिने
जसले देश लाई कंगाल बनायो उसलाई सुरक्षा दिने
यस्तै छ मेरो देशको बेदना |
पुर्खा हरुले बनाएको मेरो सुन्दर नेपाल हो मेरो छाती
पराइ मूलुकहरुले गिद्दे नगर लगाउदै छन किन मेरो देश माथि
कोही बोल्न चाहन्न चुपचाप छन सबै भए जती माथि
यस्तै छ मेरो देश को हालत |