भारतको उत्तर प्रदेशमा दुई किशोरीलाई सामुहिक बलात्कारपछि हत्या गरेको घटनामा संलग्न पाँचै जना अभियुक्त पक्राउ

जेष्ठ १७ । भारतको  उत्तर प्रदेशको बदायूँमा दुई किशोरीलाई सामुहिक बलात्कारपछि हत्या गरेको घटनामा संलग्न पाँचै जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरु मध्ये तीन जना बलात्कारी रहेको र दुई जना उनीहरुलाई सहयोग गर्ने प्रहरी भएको बताइएको छ ।
तीन जनामाथि हत्याको आरोप लगाइएको छ भने दुई प्रहरीलाई बलात्कारीको पक्षमा रहेर गाउँलेले गरेको सहयोगको आग्रह बेवास्ता गरेको आरोप लगाइएको छ । कथित तल्लो जातको भएको बताइएका १४ र १६ वर्षीया किशोरीलाई हत्यापछि रुखमा झुण्ड्याइएको थियो ।
ती किशोरीका परिवारजनले प्रहरी र प्रशासनबाट न्याय पाउने विश्वास नभएको भन्दै घटनालाई