थाइल्याण्डमा दिनप्रतिदिन सेना बिरुद्ध प्रदर्शन चर्कंदै गएपछी थप सेना र प्रहरी परिचालन

जेष्ठ १८ ।  थाइल्याण्डमा सेना बिरुद्ध प्रदर्शन चर्कंदै गएपछी थप सेना र प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकै कारण थाईल्याण्ड दिनप्रतिदिन अशान्त बन्दै गएपछी थप सेना र प्रहरी परिचालन गर्न बाध्य भएको सेनाले स्पष्ट पारेको छ ।
महिनौंको अस्थिरता अन्त्य गर्न भन्दै सेनाले यही २२ मे मा सेनाले कु गरी सत्ता कब्जा गरेपछी थाईल्याण्डमा प्रदर्शन चर्केको हो । प्रदर्शनका कारण थाईल्याण्डको जनजीवन अस्तब्यस्त बनेको छ ।
प्रदर्शनकारीहरुले राजधानी बैंकक लगाएत अन्य शहरहरुमा सरकारी कार्यालयहरुमा आगजनी गर्नुका साथै । ठाउँ ठाउँमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ब्यापक मात्रामा लाठी चार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गर्दा थुपैै प्रदर्शनकारीहरु घाइते भएका छन् । 
यता आगामी तीन महिनाभित्रमा मन्त्रिमण्डल बनाएर राजनीतिक समस्या सुल्झाउँदै संविधानको मस्यौदा बनाइने सेनाले स्पष्ट पारेको छ । प्रधानमन्त्री यिंगलक सिनावात्रालाई सत्ताबाट हटाउन माग गर्दै भएको विपक्षीको आन्दोलनका कारण थाइल्याण्ड छ महिनादेखि राजनीति खिंचातानीमा अल्झेको थियो । AGENCIES