जेष्ठ १९ । स्पेनका राजा ख्वाङ कार्लोसले स्वेच्छिक रुपमा गद्दी त्याग्न लागेका छन् । प्रधानमन्त्री मारिआनो राजोइले राजा कार्लोसले व्यक्तिगत कारण देखाइ गद्दी त्याग्न लागेको घोषणा गरे ।
स्पेसनमा अब राजा कार्लोसका ४५ वर्षीय छोरा युवराज फेलिपले राजगद्दी सम्हाल्ने छन् ।
पछिल्ला वर्षहरुमा स्वास्थ्यमा समस्या आएपछि नरेशले विभिन्न रोगको अप्रेसन गरेका थिए । ७६ वर्षीय नरेश कार्लोसले स्पेनमा सन् १९७५ देखि शासन गरेका थिए ।
ख्वाङ कार्लोसको शासनकाललाई विश्वमै प्रसिद्ध राजसंस्थाको समयको रुपमा हेरिएपनि पछिल्लो समयमा भने छोरी – ज्वाइँमाथिको भ्रष्टाचार मुद्दाका कारण उनीमाथि धेरै स्पेनीहरुको आस्था घट्दै गएको थियो । THE TIMES OF EARTH